Kathmandu Press

महागुरू फाल्गुनन्दको जन्मजयन्तीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले ट्वीटमार्फत महागुरूप्रति उच्च...
महागुरू फाल्गुनन्दको जन्मजयन्तीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। उनको सन्देशमा भनिएको छ, राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु। यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु।”

सन् १८८५ नोभेम्बर १० मा इलाममा जन्मिएका महागुरु फाल्गुनन्दको १९४९ अप्रिल ४ मा देहान्त भएको थियो।

 

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्