Kathmandu Press

बिहार निर्वाचन: तेजस्वीको आरजेडीलाई सुरुआति अग्रता

भारतको बिहारमा भएको विधानसभाको निर्वाचनको मतगणना सुरु भएको छ। युवा नेता तेजस्वी यादव नेतृत्वको आरजेडीलाई सुरुआति अग्रता मिलेको छ।
बिहार निर्वाचन: तेजस्वीको आरजेडीलाई सुरुआति अग्रता

काठमाडौं, कात्तिक २५ : भारतको बिहारमा भएको विधानसभाको निर्वाचनको मतगणना सुरु भएको छ। युवा नेता तेजस्वी यादव नेतृत्वको आरजेडीलाई सुरुआति अग्रता मिलेको छ।

बिहारको विधानसभाका दुई सय ४३ सिटका लागि तीन चरणमा मतदान भएको थियो। तीनै चरणका मतदान सकिएपछि आज बिहानदेखि मतगणना सुरु भएको हो।

प्रारम्भिक मतगणनाअनुसार, दुई सय ४३ सीटमध्ये आरजेडीले ७७ सिटमा अग्रता लिएको छ। त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ६३ सिटमा अग्रता लिएको छ।

बिहारका मुख्यमन्त्री नितिश कुमारको जेडीयू तेस्रो स्थानमा छ। जेडीयूले ५१ सिटमा अग्रता लिएको छ।

त्यस्तै, भारतीय कांग्रेस पार्टीले चौथो स्थानमा रहेको छ। कांग्रेसले २३ सिटमा अग्रता लिएको छ।

त्यस्तै, एलपीजे सात र अन्य दलले २२ सिटमा अग्रता लिएका छन्।

सन् २०१५ को निर्वाचनमा आरेजडीले ८०, भाजपाले ५३, जेडीयूले ७१, कांग्रेसले २७ सिट जितेको थियो। त्यस्तै, एलपीजेले दुई र अन्य दलले १० सिट जितेका थिए।

यस पटक मोदी र नितिश कुमारको दलसहितको एडीपी र तेजस्वी र राहुल गान्धीको नेतृत्वमा आरजेडी र कांग्रेससहितको महागठबन्धन बनाएर चुनावमा गएका थिए।

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्