Kathmandu Press

नेपालगन्जमा तीन जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, कात्तिक २५ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एकै दिन तीन जनाको मृत्यु भएको छ। उनीहरुको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।नेपालगन्ज...
नेपालगन्जमा तीन जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, कात्तिक २५ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एकै दिन तीन जनाको मृत्यु भएको छ। उनीहरुको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय युवकको सोमबार अपराह्न मृत्यु भएको हो। उनको उपचारका क्रममा अपराह्न २ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी कात्तिक २३ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा स्वाब परीक्षण गर्दा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई निमोनियाको समस्या देखिएको जनाएको छ।

त्यस्तै, बर्दियाकै बाँसगढी नगरपालिका८ का ३५ वर्षीय युवकको नेपालगन्जको वेस्टर्न अस्पतालमा मृत्यु भएको छ। उनको सोमबार साँझ ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी खुट्टामा समस्या आएपछि कात्तिक २३ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा स्वाब परीक्षण गर्दा उनको पनि मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

यसैगरि, दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय बृद्धको नेपालगन्जकै भेरी अस्पतालमा मृत्यु भएको छ। उनको गएराति साढे ९ बजे मृत्यु भएको हो।

उनलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो। उनको पनि मृत्युपछि गएराति १० बजे कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्