Kathmandu Press

आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस 

काठमाडौं, कात्तिक २५ : आज काठमाडौंको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ ।यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो...
आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस 

काठमाडौं, कात्तिक २५ : आज काठमाडौंको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । हिजो काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । बिहान बेलुका चिसो बढे पनि दिउँसोको समयमा आज घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

काठमाडौंको अधिकतम तापक्रम आज २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान छ । आज देशका धेरै ठाउँको मौसम सफा नै रहनेछ । दिउँसो पारिलो घाम लाग्ने छ ।

पश्चिम पहाडी क्षेत्रका एक दुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने पूर्वानुमान गरिएको छ । 

प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्