Kathmandu Press

आईपीएल उपाधि भिडन्त आज, दिल्ली र मुम्बई भिड्दै

काठमाडौं, कात्तिक २५ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ ।उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स...
आईपीएल उपाधि भिडन्त आज, दिल्ली र मुम्बई भिड्दै

काठमाडौं, कात्तिक २५ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ ।

उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्ने छन् । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो ।

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ ।

दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।  सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।

प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, कात्तिक २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्