भारतमा कोरोना संक्रमण दर घट्दै
काठमाडौँ, कात्तिक २५ : भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । केहि समय अघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा...
काठमाडौँ, कात्तिक २५ : भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । केहि समय अघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको हो ।
पछिल्लो २४ घण्टामा थप ३२ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या ८५ लाख ९१ हजार ७५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७९ लाख ५७ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४५१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार १०४ पुगेको छ ।
प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











