Kathmandu Press

चितवनमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु 

चितवन, कात्तिक २५ : चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।चितवनको नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय वृद्धको...
चितवनमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु 

चितवन, कात्तिक २५ : चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

चितवनको नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो ।

उनमा २२ गते कोरोना पुष्टि भएको थियो । आइसीयूमा राखेर उपचाररत उनको राति ९ : ५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्