Kathmandu Press

कोरोनाको भ्याक्सिन भेटियो, नेपालमा कहिले आउँला?

अमेरिकी औषधि उत्पादन कम्पनी फाइजरले कोरोना भाइरसविरूद्धको भ्याक्सिन परीक्षण सफल भएको घोषणा गरेको छ।
कोरोनाको भ्याक्सिन भेटियो, नेपालमा कहिले आउँला?

काठमाडौं, कात्तिक २४ : अमेरिकी औषधि उत्पादन कम्पनी फाइजरले कोरोना भाइरसविरूद्धको भ्याक्सिन परीक्षण सफल भएको घोषणा गरेको छ।

जर्मनकी कम्पनी वियोन्टेकसँग मिलेर गरेको परीक्षणका क्रममा यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको फाइजरले जनाएको छ। फाइजरको भ्याक्सिन परीक्षण सफल भएको समाचारलाई न्यूयोर्क टाइम्स, दी गार्डियन र अलजजिरा लगायतका विश्वसनीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

फाइजरको भ्याक्सिन परीक्षण सफल हुनु भनेको कोरोना भाइरस महामारी नियन्त्रणमा पहिलो महत्वपूर्ण कदम भएको ती सञ्चारमाध्यमहरूको दाबी छ। तेस्रो चरणको परीक्षणमा पनि सफल भएसँगै यो भ्याक्सिन बजारमा ल्याउने तयारी फाइजरले सुरू गरिसकेको छ।

यो भ्याक्सिन पहिलो चरणमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीहरूलाई दिइने छ। फाइजरका वरिष्ठ उपाध्यक्ष क्याथरिन जेनसेनले भनेकी छिन्,'यो ऐतिहासिक क्षण हो। हामी एक वर्षभित्र भ्याक्सिन बनाउने अभूतपूर्व योजनामा थियौँ, जसमा हामी सफल भयौँ।'

यसअघि रसियाले पनि भ्याक्सिन परीक्षण सफल भएको घोषणा गरेको थियो। तर, डाटा सार्वजनिक नगरिएकाले त्यसको प्रभावकारितामा अन्य देशले विश्वास गरेका छैनन्। फाइजरले भने सबै विधि बमोजिम भ्याक्सिन परीक्षण गरेकाले यसले विश्वव्यापी मान्यता पाउने निश्चित छ।                                             परीक्षण चरणमा यो भ्याक्सिन लगाइएका कुनै व्यक्तिमा पनि कुनै प्रकारको गम्भीर साइड इफेक्ट नदेखिएको र यो पूर्ण रूपमा सुरक्षित रहेको पनि फाइजरले बताएको छ ।

प्रकाशित मिति: ०२:१६ बजे, मंगलबार, कात्तिक २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्