Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १४१८ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक २४ : काठमाडौं उपत्यकामा थप १४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप  १४१८ जनामा कोरोना संक्रमण...
काठमाडौं उपत्यकामा थपिए १४१८ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, कात्तिक २४ : काठमाडौं उपत्यकामा थप १४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप  १४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ११२६,  भक्तपुरमा ९१  र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

यस्तै,  सोमबार नेपालमा थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने अहिलेसम्म १ लाख ५९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११२६ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै १७९८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:०६ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्