Kathmandu Press

थप २५७१ जनामा कोरोना संक्रमण, १७९८ जना संक्रमणमुक्त

नेपालमा थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
थप २५७१ जनामा कोरोना संक्रमण, १७९८ जना संक्रमणमुक्त
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक २४ : नेपालमा थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने अहिलेसम्म १ लाख ५९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११२६ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै १७९८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २१:५८ बजे, सोमबार, कात्तिक २४, २०७७