Kathmandu Press

कोरोना संक्रमणबाट मोरङमा दाजुभाइको मृत्यु

काठमाडौं, कात्तिक २४ : कोरोना संक्रमणको कारण मोरङमा ६ दिनको अन्तरमा एकै घरका दाजुभाइको मृत्यु भएको छ। केराबारी गाउँपालिका –३ का ५९ वर्षीय दाजुको...
कोरोना संक्रमणबाट मोरङमा दाजुभाइको मृत्यु

काठमाडौं, कात्तिक २४ : कोरोना संक्रमणको कारण मोरङमा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ। 

केराबारी गाउँपालिका–३ का ५९ वर्षीय दाजुको आइतबार र उनको ५७ वर्षीय भाइको कात्तिक १८ गते मृत्यु भएको हो।

कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका ५९ वर्षीय पुरूषको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। 

मृतकका भाई मा भने कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कात्तिक १८ गते मृत्यु भएको हो।

प्रकाशित मिति: १९:५५ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्