कोरोना संक्रमित महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
काठमाडौं, कात्तिक २४ : बागलुङ नगरपालिका–४ कि कोरोना संक्रमित महिलालाई थप उपचारको लागि हेकिोप्टरमार्फत काठमाडौं ल्याइएको छ। धौलागिरि अस्पताल बागलुङमा उपचाररत ५४ वर्षीया...
काठमाडौं, कात्तिक २४ : बागलुङ नगरपालिका–४ कि कोरोना संक्रमित महिलालाई थप उपचारको लागि हेकिोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
धौलागिरि अस्पताल बागलुङमा उपचाररत ५४ वर्षीया महिलाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारको लागि काठमाडौ. ल्याइएको हो।
उनलाई अस्पतालमा अक्सिजनको सहायतामा उपचार गरिँदै आएको थियो। स्वास्थयमा सुधार नआएपछि समस्या थप जटिल बन्न सक्ने भन्दै परिवारले काठमाडौंको हेम्स अस्पताल लगिएको धौलागिरी अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १८:४२ बजे, सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











