कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एकको मृत्यु
काठमाडौं, कात्तिक २४ : कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ। सैनामैना नगरपालिकाकी ५६ वर्षीया महिलाको उपचारको क्रममा भीम अस्पताल...
काठमाडौं, कात्तिक २४ : कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ। सैनामैना नगरपालिकाकी ५६ वर्षीया महिलाको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको हो।
कात्तिक १९ गते असपताल भर्ना भएकी महिलाको आइसियूमा राखेर उपचार गरिँदै आएको थियो। उनमा कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
योसहित रुपन्देहीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८६ पुुगको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: १७:३६ बजे, सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











