कोरोना संक्रमणको कारण कैलालीमा दुईको मृत्यु
काठमाडौं, कात्तिक २४ : कोरोना संक्रमणको कारण कैलालीमा दुई जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २...
काठमाडौं, कात्तिक २४ : कोरोना संक्रमणको कारण कैलालीमा दुई जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।
टीकापुरका ९० वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो। उनमा कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
धनगढीका ८४ वर्षीय पुरुषको भने सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। निमोनियाको समस्या देखिएको उनलाई शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।
प्रकाशित मिति: १७:१९ बजे, सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











