Kathmandu Press

विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर, कात्तिक २४ : कोरोना भाइरसको संक्रमणबाट मोरङकाे विराटनगरमा आज बिहान दुई जनाको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार कोरोनाबाट उदयपुरकी ६५...
विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर, कात्तिक २४ : कोरोना भाइरसको संक्रमणबाट मोरङकाे विराटनगरमा आज बिहान दुई जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार कोरोनाबाट उदयपुरकी ६५ वर्षीया महिला र झापाका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै, झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको छ।

उनलाई कोरोना संक्रमण देखिएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

 

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्