Kathmandu Press

आर्सनल घरमै पारजित, म्यान्चेस्टर सिटी र लिभरपुलले खेले बराबरी

काठमाडौं, कात्तिक २४ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरमै पराजित हुँदा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्। शनिबार राति भएको खेलमा...
आर्सनल घरमै पारजित, म्यान्चेस्टर सिटी र लिभरपुलले खेले बराबरी

काठमाडौं, कात्तिक २४ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरमै पराजित हुँदा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्। शनिबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग ३–० ले पराजित हुँदा सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेलेका हुन्।

ओली वाट्किन्स चम्किएपछि आर्सनल घरेलु मैदानमै एस्टनसँग स्तब्ध भएको हो। इमिरेट्स स्टेडियममा पहिलो मिनेटमै एस्टनका जोनले गोल गरेका थिए। तर, भीएआरको सहायतामा उनको गोल अफसाइड देखिएको थियो।

२५औं मिनेटमा आर्सनलका बुकायो साकाले आत्मघाती गोल गर्दा एस्टन भिल्लाले सुरुआती अग्रता लियो। पहिलो हाफ १–० मै सकियो।
दोस्रो हाफको ७२औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टन भिल्लाको अग्रता दोब्बर बनाए। ७५औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टन भिल्लालाई ३–० को जित दिलाए।

यसैगरी लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन्। इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलको १३औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। सिटीका डिफेन्डर केल वाल्करले साडियो मानेलाई डिबक्समा फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो। ३१औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए।

त्यसपछि खेलको ४२ औं मिनेटमा सिटीले अग्रता बनाउने मौका पाएको थियो। तर, सिटीका केभिन डे ब्रुयनले पेनाल्टीमा गोल गर्न सकेनन्।

लिभरपुलका जोसेप गोमेजले पेनाल्टी बक्सभित्र हातले बल रोकेपछि सिटीले पेनाल्टी पाएको थियो। डे ब्रयनको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो।

घरेलु मैदानको बराबरीसँगै सिटीले सात खेलमा १२ अंक जोडेको छ। सिटी लिगको ११औं स्थानमा रहेको छ। बराबरीसँगै लिभरपुलले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। तेस्रो स्थानको लिभरपुलले आठ खेलमा १७ अंक जोडेको छ।

जितसँगै एस्टन भिल्ला छैटौं स्थानमा उक्लिएको छ। उसले सात खेलमा १५ अंक जोडेको छ। आर्सनल लिगको ११औं स्थानमा रहेको छ। आर्सनलले आठ खेलमा १२ अंक जोडेको छ।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, कात्तिक २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्