बुटवलमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
बुटवल, कात्तिक २४ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा आज थप एक जनाको मृत्यु भएको छ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय...
बुटवल, कात्तिक २४ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा आज थप एक जनाको मृत्यु भएको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।
उनको उपचारकै क्रममा आज बिहान ६ बजे मृत्यु भएको डा. गौतमले बताए । उनलाई कलेजो र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १५:४४ बजे, सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











