लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती मनाईदै
काठमाडौं, कात्तिक २४ : लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ। नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका सिंहको...
काठमाडौं, कात्तिक २४ : लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ। नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका सिंहको जन्मजयन्तीका अवसरमा अहिले केहीबेरमा काठमाडौंको शोभा भगवतीमा उनको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।
नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा बि.सं. २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्व लगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ। सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठन तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले विभिन्न भर्चुअल कार्यक्रमको आयोजना गरेका छन्।
सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्यायका रुपमा मानिन्छन्। सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए। बि.सं. १९७२ कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।











