Kathmandu Press

भारतमा थप ४६ हजारमा कोरोना संक्रमण  

भारतमा थप ४६ हजारमा कोरोना संक्रमण  

काठमाडौ, कात्तिक २४ : भारतमा थप ४६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ६६१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ५३ हजार ८६४ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ७९ लाख १५ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ६५३ पुगेको छ ।
 

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्