Kathmandu Press

दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा, हैदराबाद १७ रनले पराजित 

दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा, हैदराबाद १७ रनले पराजित 

काठमाडौं, कात्तिक २४ : नेपाली क्रिक्रेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

 तर, यस सिजनका लेग स्पिनर सन्दीपले खेल्ने मौका भने पाएनन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग भोलि फाइनल खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । 

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, कात्तिक २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्