कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु
काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण पछिल्लो २४ द्दण्टामा देशभर थप २१ जनाको मृत्यु भएको छ।योसहित हालसम्म मृत्यु हुनेको संख्या ११ सय...
काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको छ।
योसहित हालसम्म मृत्यु हुनेको संख्या ११ सय आठ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर आइतबार थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसैगरी संक्रमणमुक्त भएर २८ सय १२ जना डिस्चार्ज भएका छन्।
सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय १९ छ। संक्रमितमध्ये तीन सय ९८ जनाको आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २२:३१ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











