Kathmandu Press

उपत्यकामा थप १५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा १२ सय ९४, ललितपुरमा १६२  र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो।
उपत्यकामा थप १५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २३ : काठमाडौं उपत्यकामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा १२ सय ९४, ललितपुरमा १६२  र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर शनिबार २८ सय १७ जनामा संक्रमण पुष्टि भएको छ। हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय १९ जना रहेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये तीन सय ९८ आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २२:२६ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्