Kathmandu Press

थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि

१२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा २८१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २३ : नेपालमा गत २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा २८१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ। 

त्यस्तै, पछिल्लो २४ घण्टामा २८१२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ८१.१ प्रतिशत रहेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय १९ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये तीन सय ९८ आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २२:२२ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्