बालुवाटारमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता
काठमाडौं, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। प्रधानमन्त्री...
काठमाडौं, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालु्वाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल भएको हो।
छलफलका लागि नेता नेपाल आइतबार दिउँसो १ बजे नेता नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीकै निमन्त्रणामा नेता नेपाल बालुवाटार पुगेको स्रोतले जनाएको छ।
नेकपामा बढेको ध्रुवीकरण र आन्तरिक द्वन्द्व व्यवस्थापनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: २१:१६ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











