बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको मृत्यु भएको छ। धनकुटा नगरपालिकाका ७२ वर्षीय वृद्धको...
काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको मृत्यु भएको छ। धनकुटा नगरपालिकाका ७२ वर्षीय वृद्धको उपचारको क्रममा आइताबार मृत्यु भएको हो।
कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको वृद्धलाइृ शनिबार मात्र अस्पताल भर्ना गरिएको थियो।
योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।
प्रकाशित मिति: २०:२३ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











