Kathmandu Press

कोरोना संक्रमणबाट पहिलो पटक सल्यानमा एकको मृत्यु

काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण सल्यानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिका ६८ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण...
कोरोना संक्रमणबाट पहिलो पटक सल्यानमा एकको मृत्यु

काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण सल्यानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिका ६८ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनलाई उपचारको लागि दाङ लगिएको थियो। उनको स्वासथ्य अवस्था गम्भीर बन्दै गएपछि दाङबाट कोहलपुर रेफर गरिएको थियो।

परिवारका अनुसार उनको कोहोलपुर अस्पताल भर्ना गरिएको भोलिपल्ट शुक्रबार मृत्यु भएको हो। तर उनको पीसीआर परीक्षणको रिपोर्ट भने शनिबार मात्र आएको अस्पतालले जनाएको छ। 

त्यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ५५० पुगेको छ। तीमध्ये हालसम्म ५०७ जना संक्रमणमुक्त भइसकेका छन्। 

हाल जिल्लामा ४३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: २०:१२ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्