चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक २३ : चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार...
काठमाडौं, कात्तिक २३ : चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको हो।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेपछि उनी अस्पताल भनाए भएका थिए। उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि उनलाई मेडिकल कलेजको कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
प्रकाशित मिति: १८:४४ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











