मुस्ताङमा पनि थपिए चार कोरोना संक्रमित
मुस्ताङ, कात्तिक २३ : हिमाल पारिको जिल्ला मुस्ताङमा आज चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।यसअघि संक्रमण देखिएका व्यक्तिको क्लोज कन्ट्रयाक ट्रेसिङका क्रममा...
मुस्ताङ, कात्तिक २३ : हिमाल पारिको जिल्ला मुस्ताङमा आज चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यसअघि संक्रमण देखिएका व्यक्तिको क्लोज कन्ट्रयाक ट्रेसिङका क्रममा थप चार जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। ३१ जनाको स्वाब पठाएकोमा चार जनाको मात्रै पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम भण्डारीले बताए।
संक्रमण देखिएकाहरु मुस्ताङको घरपझोङ गाउँपालिका ३ पुथाङ एयरपोर्टमा ५२ वर्षीय पुरुष र २० वर्षीया महिला, थासाङ गाउँपालिका ५ कुञ्जोकी २४ वर्षीया महिला र एक वर्षीय बालक रहेका छन्।
योसँगै मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या ६ पुगेको छ। जसमा थासाङ ५ मा तीन जना र घरपझोङ ३ मा तीन जना रहेका छन्। यसअघि कोरोनाबाट चार जना निको भइसकेका छन्।
प्रकाशित मिति: १८:२४ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











