Kathmandu Press

झापामा कोरोना संक्रमणबाट दुई बृद्धबृद्धाको मृत्यु

दमक, कात्तिक २३ : कोरोना भाइरसको संक्रमणबाट झापामा दुई जना बृद्धको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय, झापाका अनुसार आज बिहान भद्रपुर नगरपालिका ५...
झापामा कोरोना संक्रमणबाट दुई बृद्धबृद्धाको मृत्यु

दमक, कात्तिक २३ : कोरोना भाइरसको संक्रमणबाट झापामा दुई जना बृद्धबृद्धाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका अनुसार आज बिहान भद्रपुर नगरपालिका ५ का ६३ वर्षीय बृद्धको मृत्यु भएको हो।

उनले कोरोना परीक्षणका लागि कात्तिक २१ गते स्वाब दिएका थिए। आज बिहान आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको जनाएको छ।

त्यस्तै, झापाको अर्जुन धारा नगरपालिका ६ की ८१ वर्षीया बृद्धाको आज बिहान मृत्यु भएको छ। रुघा र ज्वोरो बढ्दै गएपछि उनलाई विराट मेडिकल कलेज भर्ना गरिएको थियो।

उपचारका क्रममा गरिएको स्वाब परीक्षणमा कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ। दुवै जनाको नेपालीले सेनाले दाहसंस्कार गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्