विदेशमा रहेका थप ५४४ नेपाली कोरोना संक्रमित, एकको मृत्यु
काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण विदेशमा रहेका थप एक नेपालीको मृत्यु भएको छ। यो साता साउदी अरबमा रहेका एकको मृत्यु भएको...
काठमाडौं, कात्तिक २३ : कोरोना संक्रमणको कारण विदेशमा रहेका थप एक नेपालीको मृत्यु भएको छ। यो साता साउदी अरबमा रहेका एकको मृत्यु भएको हो।
गैरआवसीय नेपाली संघका अनुसार कोरोना संक्रमणको कारण हालसम्म १८ देशमा रहेका २८५ नेपालीको मृत्यु भइसकेको छ।
त्यस्तै, यो साता विदेशमा रहेका थप ५४४ जना नेपालीमा संक्रमण पुष्टि भएको छ। साथै, यो अवधिमा एक हजार १६३ जना संक्रमणमुक्त भएका छन्।
योसहित विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण हुनेको संख्या ४४ हजार ११३ पुगेको छ। जसमध्ये ४० हजार ७२८ जना निको भएका छन्।
प्रकाशित मिति: १७:२८ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











