Kathmandu Press

कालिन्चोक भगवती मन्दिर दर्शन र पूजापाठ गर्न रोक

दोलखा, कात्तिक २३ : दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।दोलखामा...
कालिन्चोक भगवती मन्दिर दर्शन र पूजापाठ गर्न रोक

दोलखा, कात्तिक २३ : दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।

दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण देखाउँदै  सङ्कट व्यवस्थापन केन्द्रले नित्य पूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरिएको जनाएको छ।

लकडाउनका कारण लामो समयदेखि बन्द  पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक आंशिक रुपमा जान थालेको र कालिन्चोक कुरी बजार क्षेत्रका केही होटल सञ्चालनमा आउन थालेका छन्।

सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रकाशन गरी उक्त क्षेत्रमा नजान निर्देशन दिएको छ।

कालिन्चोक गाउँपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङ्डाँडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरिएको छ।

कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐनअनुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाइएको छ।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्