Kathmandu Press

नख्खु जेल ब्रेकर पूर्वसांसद लामाको निधन

काठमाडौं, कात्तिक २३ : नख्खु जेल ‘ब्रेकर’को रुपमा चिनिने पूर्वसांसद  वीरबहादुर लामाको निधन भएको छ।उनको आइतबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो।...
नख्खु जेल ब्रेकर पूर्वसांसद लामाको निधन

काठमाडौं, कात्तिक २३ : नख्खु जेल ‘ब्रेकर’को रुपमा चिनिने पूर्वसांसद  वीरबहादुर लामाको निधन भएको छ।

उनको आइतबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो। उपचारका क्रममा बिहान ४ बजे निधन भएको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो। मिर्गौला रोगबाट पीडित लामालाई निमोनिया पनि देखिएको थियो।

कोरोना संक्रमणको शंका लागेर स्वाब परीक्षण गरिएको थियो। तर, रिपोट नेगेटिभ आएको जनाएको छ।

उनी २०५६ मा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

२०३३ मा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जनाले नख्खु जेल ब्रेक गरेका थिए। उनीहरु सुरुङ खनेर भागेका थिए।

 

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्