Kathmandu Press

भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, कात्तिक २३ : भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। कात्तिक १४ मा कोरोना...
भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु 

काठमाडौं, कात्तिक २३ : भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। 

कात्तिक १४ मा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति १२ः१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

स्वास्थ्यमा खराबी देखिएपछि उनको रोल्पास्थित रेउघा स्वास्थ्य चौकीमा उपचार भएको थियो। उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो। मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या समेत देखिएको थियो । 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्