विश्वमा कोरोना संक्रमित ५ करोड नाघे
काठमाडौँ, कात्तिक २३ : विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २ जनामा संक्रमण...
काठमाडौँ, कात्तिक २३ : विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ४७ हजार नाघेको छ ।
अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ३४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ११४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७९ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५५ लाख ५१ हजार ४६ हजार ४७ पुगेको छ ।
उपचार गराइरहेका १ करोड ३४ लाख ५२ हजार १२६ मध्ये ९१ हजार ७७८ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: १४:०८ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












