Kathmandu Press

चेल्सीले सेफिल्ड युनाइटेडलाई हरायो 

काठमाडौं, कात्तिक २३ : सेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा...
चेल्सीले सेफिल्ड युनाइटेडलाई हरायो 

काठमाडौं, कात्तिक २३ : सेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई ४-१ ले पराजित गरेको हो ।

चेल्सीको लागि डेभिड म्याकगोल्ड्रिक, बेन चिलविल, थिएगो सिल्भा र टिमो वेरनरले एक/एक गोलको योगदान गरे । युनाइटेडका लागि टमी अब्रहमले एक गोल फर्काए । 

जितसँगै चेल्सी आठ खेलबाट १५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले आठ खेल खेल्दा चारमा जित, तीन बराबरी र एक खेलमा हार व्यहोरेको छ । यता सेफिल्ड युनाइटेड भने आठ खेलमा जितविहीन हुँदै तालिकको पुछारमा छ ।

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, कात्तिक २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्