Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघ्यो 

काठमाडौँ, कात्तिक २३ : भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४६ हजार ३१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको...
भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघ्यो 

काठमाडौँ, कात्तिक २३ : भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ३१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार २०३ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ७८ लाख ६७ हजार २९१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५५७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार १६२ पुगेको छ ।

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्