Kathmandu Press

डोनाल्ड ट्रम्पलाई हराउदै अमेरिकाको राष्ट्रपतिमा जो बाइडन 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै डेमोक्रेटिक पार्टीका जोसेफ आर वाइडन चुनिने भएका छन् ।
डोनाल्ड ट्रम्पलाई हराउदै अमेरिकाको राष्ट्रपतिमा जो बाइडन 

काठमाडौं, कात्तिक २२ : अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै डेमोक्रेटिक पार्टीका जोसेफ आर वाइडन चुनिने भएका छन् ।

पेन्सलभेनिया राज्यमा वाइडनले जित हासिल गर्दै आगामी जनवरीदेखि चार बर्षका लागि अमेरिकी राष्ट्रपति निर्वाचित हुने भएका हुन् ।

वाइडनले पेन्सलभेनिया राज्यमा जित हासिल गरेसँगै २ सय ७३ इलेक्ट्रोल मत पाउने भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुनको लागि २ सय ७० इलेक्ट्रोल मत आवस्यक पर्छ । वाइडनल मतगणना जारी रहेको जर्जिया, नेभेडा र एरिजोनामा पनि अग्रता कायमै राखेका छन्।

त्यसैगरी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुने भएकी छन्। कमला पहिलो अमेरिकी उपराष्ट्रपति हुने भएकी छन्।

प्रकाशित मिति: ०४:२० बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्