काठमाडौं उपत्यकामा थपिए १५१२ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक २१ : काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, शनिबार नेपालमा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ भने अहिलेसम्म १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०८७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २२०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











