पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
काठमाडौं, कात्तिक २२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु...
काठमाडौं, कात्तिक २२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको छ।
यस्तै, शनिबार नेपालमा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ भने अहिलेसम्म १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २२०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०९ बजे, शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











