Kathmandu Press

थप २७५३ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणमुक्त

काठमाडौं, कात्तिक २२ : नेपालमा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २७५३ जनामा कोरोना...
थप २७५३ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणमुक्त
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक २२ : नेपालमा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ भने अहिलेसम्म १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०८७ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २२०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:०५ बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्