Kathmandu Press

कोरोना संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु 

टीकापुर, कात्तिक २२ : कोरोना  भाइरसको संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु भएको छ।  कोरोना संक्रमणबाट टीकापुर नगरपालिका–१ का ४९ वर्षका पुरुष र...
कोरोना संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु 
फाइल तस्वीर।

टीकापुर, कात्तिक २२ : कोरोना  भाइरसको संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु भएको छ।  

कोरोना संक्रमणबाट टीकापुर नगरपालिका–१ का ४९ वर्षका पुरुष र बर्दगोरिया गाउँपालिका– ४ का ५९ वर्षकी महिलाको गएराति मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बस्दै आएका पुरुष बोन क्यान्सरबाट पीडित थिए।  उनीहरुको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको सूचना अधिकारी जोशीले बताए।

यसअघि शुक्रबार टीकापुर नगरपालिका– १ की ५३ वर्षकी एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो। 

प्रकाशित मिति: २०:४३ बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्