संसद अधिवेशन बोलाउन डा. बाबुराम भट्टराईको माग
काठमाडौं, कात्तिक २२ : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेको छन्। शनिबार ट्वीटरमा ट्वीट गर्दै...
काठमाडौं, कात्तिक २२ : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्।
शनिबार ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले तत्काल अधिवेशन बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
उनले सरकारको दुष्कर्म/अकर्म आमजनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय भएकाले विभिन्न ६ मुदामा संसद अधिवेशन बोलाएर छलफल गर्नु पर्ने बताएका छन्।
डा. भट्टराईले कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल चलाउनु पर्ने बताएका छन्।
‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला, उसैले छिनोफानो गरोस्। तर, सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कि!,’ उनले भनेका छन्।
नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्!तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि:१.कोरोना२.अर्थतन्त्र३.संघीयता४.भ्रष्टाचार५.विदेश सम्बन्ध६.अन्य!
— Baburam Bhattarai (@brb1954) November 7, 2020











