कोरोना संक्रमणबाट बाँकेमा अहिलेसम्म ६३ जनाको मृत्यु
राँझा, कात्तिक २२ : बाँकेमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ६३ जना बिरामीको मृत्यु भएको छ।बाँकेमा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका लागि...
राँझा, कात्तिक २२ : बाँकेमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ६३ जना बिरामीको मृत्यु भएको छ।
बाँकेमा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका संक्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना हुने गरेकाले मृतकको संख्या बढ्दो छ।
प्रकाशित मिति: १७:११ बजे, शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











