Kathmandu Press

झापामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको मृत्यु

विर्तामोड, कात्तिक २२ : झापामा कोरोना भाइरसको संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।शिवसताक्षी नगरपालिका–६ की २५ वर्षीया स्वास्थ्यकर्मी युवतीको विराटनगरस्थित नोबेल अस्पतालमा...
झापामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको मृत्यु
फाइल तस्वीर

विर्तामोड, कात्तिक २२ : झापामा कोरोना भाइरसको संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका–६ की २५ वर्षीया स्वास्थ्यकर्मी युवतीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माका अनुसार ती स्वास्थ्यकर्मी युवतीमा गत कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती युवती झापाको दुधेस्थित एक स्वास्थ्य संस्थाको ल्याबमा कार्यरत थिइन्।
 

प्रकाशित मिति: १६:४३ बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्