Kathmandu Press

दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

तुलसीपुर, कात्तिक २२ : दाङमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको बाँकको नेपालगञ्जस्थित...
दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

तुलसीपुर, कात्तिक २२ : दाङमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

गत कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कात्तिक २० गते भेरी अस्पताल लगिएको थियो। 

उनको उपचारकै क्रममा शनिबार बिहान ५ बजेर २५ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। योसँगै कोरोना संक्रमणबाट दाङमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

प्रकाशित मिति: १६:३० बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्