प्रदेश १ मा थपिए ३१५ जना कोरोना संक्रमित

विराटनगर, कात्तिक २१ : प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा गरिएको एक हजार १९७ जनाको पीसीआर परीक्षणमा १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका सात जना रहेका छन्। योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ११७ पुगेको छ।
प्रदेशमा सोही अबधिमा ३५० जना संक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ४६ पुगेको छ। प्रदेशमा हालसम्म एक लाख ६७ हजार ३०० सयको पीसीआर परीक्षण गरिएको छ।
प्रकाशित मिति: ०१:११ बजे, शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











