Kathmandu Press

दाङमा कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु

काठमाडौं, कात्तिक २१ : दाङको तुल्सीपुर उपमहानगरपालिका १० की २० वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा...
दाङमा कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु

काठमाडौं, कात्तिक २१ : दाङको तुल्सीपुर उपमहानगरपालिका १० की २० वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। 

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको हो।

कात्तिक १७ गते सुत्केरी भएकी महिलाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई कोरोना वार्डमा उपचार गरिँदै आएको अस्पतालले जनाएको छ। 

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारको लागि आएर मृत्यु भएका संक्रमितहरुको संख्या २५ पुगेको छ।

प्रकाशित मिति: ००:१४ बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्