Kathmandu Press

जर्जियामा ट्रम्पलाई उछिन्दै वाइडनले लिड गरे

काठमाडौं, कात्तिक २१ : अमेरिकाको राष्ट्रपतिय निर्वाचनको मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जर्जियामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पछि पार्दै अग्रता लिएका छन्। एक...
जर्जियामा ट्रम्पलाई उछिन्दै वाइडनले लिड गरे

काठमाडौं, कात्तिक २१ : अमेरिकाको राष्ट्रपतिय निर्वाचनको मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जर्जियामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पछि पार्दै अग्रता लिएका छन्। 

एक प्रतिशत मात्रै मत गणना हुन बाँकी रहेको जर्जियामा वाइडनले एक हजार मतले लिड गरेका छन्। यसअघि उक्त राज्यमा सुरुदेखिनै ट्रम्पले लिड गर्दै आएका थिए। जर्जियामा विजय भए वाइडनलाई ह्वाइट हाउसको ढोका खुल्नेछ। 

न्युयोर्क टाइम्सले लेखे अनुसार यो राज्यमा अहिलेसम्मको मतगणनामा वाइडनले २४ लाख ४९ हजार ३७१ मत पाएका छन्। त्यस्तै ट्रम्पले २४ लाख ४८ हजार ४५४ मत पाएका छन्। 

जर्जियामा जित हात पारे वाइडनलाई राष्ट्रपतिमा निर्वाचित हुन पर्याप्त हुनेछ। सन् २०१६ मा भएको निर्वाचनमा जर्जियामा ट्रम्पले जित हासिल गरेका थिए। यो राज्यमा जित हात पार्ने उम्मेदवारले १६ इलेक्टोरल भोट पाउनेछन्। वाइडनले एरिजोना र नेभाडामा लिड गरिरहेका छन्। जर्जियामा जित्न सके उनी राष्ट्रपतिका लागि आवश्यक इलेक्ट्रोल कलजे प्रयाप्त हुनेछ। 

त्यसैगरी पेन्सलभेनियामा पनि वाइडनले मत संख्याको ग्याप निकै घटाउदै लगेका छन्।

प्रकाशित मिति: २२:४३ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्