Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८  जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप  १८ जनाको मृत्यु...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८  जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप  १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या   १०७० पुगेको छ।
यस्तै, शुक्रबार नेपालमा थप २९०९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८  हजार   ८४३ पुगेको छ भने अहिलेसम्म १ लाख ५२ हजार ९०८   जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०७० पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारमात्रै ४५००  जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:३४ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्