Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- नेपाल-भारतबीचको समस्या समाधान छिट्टै हुनेमा ढुक्क छु

काठमार्डाैं, कात्तिक २१ : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल र भारतबीच उत्पन्न समस्याको समाधान संवादमार्फत हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
प्रधानमन्त्री ओलीले भने- नेपाल-भारतबीचको समस्या समाधान छिट्टै हुनेमा ढुक्क छु
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमार्डाैं, कात्तिक २१ : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल र भारतबीच उत्पन्न समस्याको समाधान संवादमार्फत हुने विश्वास व्यक्त गरेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेसँग्को भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच रहेका समस्या समाधान संवादमार्फत नै समाधान हुने विश्वास व्यक्त गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको पनि बताएका थिए। उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको र एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २२:०२ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्